जोटा र सलाहको गोलमा लिभरपुल विजयी « Khabarhub

जोटा र सलाहको गोलमा लिभरपुल विजयी


१ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुवात गरेको छ ।

शनिबार भएको खेलमा आइपीस्वीच टाउनलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले नयाँ सिजनमा विजयी सुरुवात गरेको हो ।

लिभरपुलको जितमा डिओगो जोटा र मोहमद सलाहले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हारको ६०औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए भने ६५औं मिनेटमा सलाहले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

यो जितपछि लिभरपुलले महत्वपूर्ण ३ अंक हासिल गर्दै सिजनको सुरुवात गरेको छ । त्यस्तै यसै सिजनमा प्रिमियर लिगमा आएको आइपीस्वीच टाउनले भने हारसँगै सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ८ : ०१ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत