संसदीय समितिले लियो रास्वपा सहमहामन्त्री आचार्यसँग बयान « Khabarhub

संसदीय समितिले लियो रास्वपा सहमहामन्त्री आचार्यसँग बयान


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सह-महामन्त्री विपीनकुमार आचार्यसँग बयान लिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा आचार्यसँग बयान लिइएको हो ।

आचार्यले गोर्खा मिडिया नेट्वर्कमा क्रिएटिभ डाइरेक्टरका रूपमा काम गरेका थिए । उक्त मिडियामा हाल फरार गितेन्द्रबाबु राई अध्यक्ष र रास्वपाका वर्तमान सभापति रवि लामिछाने प्रबन्ध निर्देशक थिए ।

समितिले आइतबार नै रास्वपा सभापति लामिछानेसँग पनि बयान लिने तयारी गरेको थियो । तर अन्य बयानका क्रममा पोलेका बयानकर्ताहरूको संख्या बढेकाले कार्यसूची फेरिएको छ ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र बुटवलका सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेट्वर्कमा लगानी आएको देखिएको थियो ।

समितिले कागजात अध्ययन गर्दा त्यस कार्यमा आचार्यको पनि संलग्नता देखिएको थियो। आचार्यले सहकारीबाट झिकेको पैसा गोर्खा मिडियासँगै निजी प्रयोजनमा पनि लगाएको देखिएको समितिका एक सदस्यले बताए ।

गोर्खा मिडियामा हुँदा आचार्यले सूर्यदर्शन सहकारी र सुप्रिम सहकारीबाट कारोबार गरेको देखिएको समितिका एक सदस्यले खबरहबलाई बताएका छन् ।

सहकारीबाट २०७८ पुस १२ गते आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको आरोप छ ।

समिति बयानका लागि हाजिर भएकाले दिएको बयानलाई सम्बन्धीत व्यक्तिको हस्ताक्षरसहित रेकर्डमा राखिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग छानविनका लागि निष्कर्षमा पुग्न सरोकारवाला निकाय लगाएत सहकारी ठगिमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर पनि समितिले निरन्तर छलफल गरिरहेको छ ।

छलफलका साथै प्रतिवेदनको मस्यौदा निर्माणको काम पनि निरन्तर भइरहको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघि सदनमा सहकारी प्रकरणमा छानविन गर्नुपर्ने आवाज उठेपछि गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति बनेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  २ : १७ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज