पश्चिम बंगालमा तीर्थालुबीच भागदौड मच्चिँदा ४ को ज्यान गयो « Khabarhub

पश्चिम बंगालमा तीर्थालुबीच भागदौड मच्चिँदा ४ को ज्यान गयो


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोल्काता– भारतको पश्चिम बंगाल राज्यस्थित एक मन्दिरमा तीर्थालुहरुबीच भागदौड मच्चिँदा चार जनाको ज्यान गएको छ ।

शुक्रबार कृष्णजन्माष्टमीको अवसरमा पूजा गर्न पुगेका तीर्थालुबीच भागदौड मच्चिएको हो । भागदौडका क्रममा अरु दर्जनौं घाइते भएका छन् ।

उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ ।

उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकैको अस्पताल पुर्‍याइएको छ । कृष्णाष्टमी पर्व हिन्दू धर्मावलम्बीहरुले भगवान श्रीकृष्णको जन्म दिनको रुपमा उनको पूजा आराधना गरी भव्य रुपमा मनाउने गर्दछन् ।

भारतमा हिन्दू धर्मावलम्बीहरु विभिन्न तीर्थस्थलमा भीड लाग्ने र भागदौडबाट कैयौँ नागरिकको ज्यान जाने गरेका समाचारहरु आउने गर्दछन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ५ : १९ बजे

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।