काठमाडौंमा गौरा पर्वको रौनक (फोटोफिचर) « Khabarhub

काठमाडौंमा गौरा पर्वको रौनक (फोटोफिचर)


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली प्रदेशको प्रमुख चाडका रुपमा रहेको गौरा पर्व (गोरा पर्व)को मुख्य दिन शुक्रबार दूर्वाष्टमी अर्थात् अठ्यावली पर्व मनाइँदै छ ।

अघिल्लो दिन (बिहीबार) गौराघरमा भित्र्याएको गौरालाई आज बाहिर गोराखलो (आँगन)मा ल्याएर पूजा गरिन्छ । पूजा गरेपछि गौरालाई पुनः गोराघरमा भित्र्याइन्छ ।

अठ्यावलीका दिन भगवन शिव (महेश्वर)लाई पतिका रुपमा पाउनका लागि माता पार्वती (गौरा)ले गरेको तपस्याबारे वर्णन गरिन्छ । अठ्यावलीका रुपमा भगवान शिव र पार्वतीको गाथा गाइन्छ । भगवान् शिवप्रति पार्वतीको प्रेमकथालाई लयात्मक ढंगले प्रस्तुत गर्ने गरिन्छ । जसलाई अठ्यावली सुनाउने भनिन्छ ।

शुक्रबार सुदूरपश्चिम तथा कर्णालीसँगै संघीय राजधानी काठमाडौंमा पनि गौरा पर्व मनाइएको छ ।

राजधानी काठमाडौंमा रहेका सुदूरपश्चिम तथा कर्णालीबासीहरुले काठमाडौंस्थित टुँडिखेलमा गौरा पर्व मनाएका हुन् ।

गौरा पर्वको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

गौरामा महिलाहरुले अठ्यावली गाएजस्तै पुरुषहरुले चैत र धुमारी गाउने गर्छन् । यस्तो चैत धमारीहरु भगवान शिव, पार्वती, कृष्ण लगायतको गाथामा आधारित हुन्छ ।

गौरा पर्वमा सुदूरपश्चिम तथा कर्णालीको मौलिक लोक भाका एवम् नृत्य देउडा खेल्ने गरिन्छ । राजधानी काठमाडौंमा रहेका सुदूरपश्चिमेलीहरुले पनि टुँडिखेलमा देउडा खेलेका छन् ।

 


तस्वीर- अदीप श्रेष्ठ

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ५ : ४८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल