सशस्त्र प्रहरी बलद्वारा १२ सय २२ पिन्ट रगत संकलन | Khabarhub Khabarhub

सशस्त्र प्रहरी बलद्वारा १२ सय २२ पिन्ट रगत संकलन


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरीले शुक्रबार मुलुकभर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी ऐन जारी भएको अवसर पारेर सशस्त्र प्रहरी बलले मुलुकभर शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बलको प्रधान कार्यालय लगायत देशका सबै प्रदेशहरुमा रहेका बाहिनी मुख्यालयहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा सबै ठाउँमा गरी करीब १२ सय २२ पिन्ट रगत संकलन भएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृत तथा विल्लादार जवानहरु तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरुले समेत रक्तदान गरेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले रक्तदान कार्यक्रममा सहभागिता जनाउने सबैप्रति आभार प्रकट गरे । विगतमा रगतको अभावमा बिरामीले सास्ती व्यहोर्नु परेको अवस्था समेत रहेको यथार्थ स्मरण गर्नुहुँदै केही थोपा रगत दिएर कसैको जीवन बचाउन सकियो भने त्यो नै सवैभन्दा ठूलो सेवा हुने बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ६ : ५३ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी