राप्रपा संयुक्तको केन्द्रीय कार्यसमिति बैठक भदौ १९ र २० गते | Khabarhub Khabarhub

राप्रपा संयुक्तको केन्द्रीय कार्यसमिति बैठक भदौ १९ र २० गते


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा (संयुक्त)को केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय कार्य समितिको संयुक्त वैठक भाद्र १९ र २० गते काठमाडौंमा बस्ने भएको छ ।

पशुपति समशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षद्वयको नेतृत्वमा रहेको राप्रपा (संयुक्त) को दुई दिन चल्ने वैठकले जनकपुर–वाल्मीकि आश्रम–लुम्बिनी यात्रालाई दिशानिर्देश गर्नेछ ।

प्रवक्ता सगनु सुन्दर लावतीले जनाए अनुसार, वैठकले समसामयिक घटनाक्रम मध्यनजर गर्दै पार्टीको भावी नीति, कार्यक्रमबारे छलफल र महत्वपूर्ण निर्णय लिनेछ । आगामी उपनिर्वाचनका विषयमा पनि नीतिगत निर्णय गरिनेछ ।

राप्रपा (संयुक्त) ले सम्वद्र्धनवादी उदारवाद, लोककल्याणकारी उदारवाद, सनातन हिन्दु राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षमा वकालत गर्दै आएको छ । संविधानको मूलभूत आधारमा असहमतिका बाबजुद राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र मानव अधिकारप्रति सो पार्टी प्रतिवद्ध छ ।

विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा राप्रपा (संयुक्त) को वैठक महत्वपूर्ण रहने अपेक्षा छ । वैठक अर्पण पार्टी प्यालेस, थापागाउँ, काठमाडौंमा सम्पन्न हुनेछ ।

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपश्चात सम्पन्न हुन लागेको यो पहिलो केन्द्रीय कार्य समितिको बैठक हो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ७ : १४ बजे

टप टी-२० सिरिज : आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा