तनहुँमा करिब आठ करोड विद्युत् बक्यौता « Khabarhub

तनहुँमा करिब आठ करोड विद्युत् बक्यौता


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमौली – नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब आठ करोड विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०-८१ मा केन्द्रमा रु सात करोड ९७ लाख ७६ हजार एक सय एक बक्यौता रहेको हो । 

सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट तीन करोड ९७ लाख ६६ हजार छ सय ६० बक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए । उनका अनुसार गार्हस्थ्यतर्फ एक करोड ६७ लाख ८३ हजार नौ सय ५९, गैरव्यापारिकतर्फ ४० लाख ८४ हजार नौ सय, औद्योगिकतर्फ एक करोड २४ लाख ४४ हजार दुई सय ४२, सडक बत्तीतर्फ एक करोड १४ लाख ६७ हजार तीन सय १७, खानेपानीतर्फ ८९ हजार पाँच सय ९२, चार्जिङ स्टेसनतर्फ ४५ हजार दुई सय चार सय ९९, सिचाइँतर्फ ३६ हजार सात सय चार, मन्दिरतर्फ रु ४१ हजार पाँच सय ९२ बक्यौता बाँकी छ । 

आर्थिक वर्ष २०७९-८० मा रु आठ करोड ५५ लाख ६० हजार चार सय बक्यौता बाँकी थियो । त्यसमध्ये रु ५७ लाख ८४ हजार दुई सय ९८ बक्यौता उठेको रेग्मीले बताए। उनका अनुसार जिल्लामा विद्युत्का ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् । 

आर्थिक वर्ष २०७९-८० सम्म ५० हजार तीन सय ७२ ग्राहक रहेकामा गत आवमा एक हजार तीन सय ४५ ग्राहक थपिएका हुन् । केन्द्रका प्रमुख रेग्मीका अनुसार गार्हस्थ्यतर्फ एक हजार दुई सय २५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ दुई, सिचाइँतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ २४, मन्दिरतर्फ आठ र अन्यतर्फ १२ ग्राहक थपिएका छन् । 

हाल गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ पाँच सय ४६, व्यापारिकतर्फ तीन सय ४०, औद्योगिकतर्फ सात सय ७६, सिचाइँतर्फ तीन सय ५६, खानेपानीतर्फ एक सय ८८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ एक सय ६९, मन्दिरतर्फ दुई सय तीन र अन्यतर्फ एक सय सात ग्राहक रहेका केन्द्रले जनाएको छ । 

केन्द्रले गत आवमा पाँच करोड ४० लाख ५९ हजार दुई सय १२ युनिट विद्युत् बिक्री गरेको छ । आव २०७९-८० मा पाँच करोड दश लाख ३२ हजार चार सय ८९ युनिट विद्युत् बिक्री भएको थियो । ग्राहक सङ्ख्या बढेसँगै विद्युत् बिक्री बढेको रेग्मीको भनाइ छ । 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : १२ बजे

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले