महिला भलिबल खेलाडीलाई सरकारले जनही तीन लाख दिने « Khabarhub

महिला भलिबल खेलाडीलाई सरकारले जनही तीन लाख दिने

प्रधानमन्त्रीले भने - ढुक्कले खेल्नुस्, नयाँ कभर्डहल बनाउँछौँ


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनका दिन सोमबार बिहान दुई घन्टा राष्ट्रिय महिल भलिबल टिमसँग अन्तरक्रिया गरेका छन् ।

प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवम् खेलाडीबीच यस खेलले हालसम्मका उपलब्धि, पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजयको सुनिश्चितबारे छलफल केन्द्रित थियो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित बनाएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरूले बताएका थिए ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले दुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेशन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको बताए ।

खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको सुनाए । प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई सरकारले जनही तीन लाख दिने निर्णय गरेको जानकारी गराएका छन् ।

उनले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गरे । ‘तपाईँहरूलाई थाहा छ, सरकारको ढुकुटीमा धेरै रकम छैन । तर हामी गर्नैपर्ने कामहरु गर्नेछौँ । आगामी खेलमा जित्छौँ जुन तपाईँहरूको मनोबल छ, त्यो साकार होस्’, उनले भने, ‘हामीले खेल्ने जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’

प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गराए । विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  २ : २३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना