असोजबाट कात्तिकमा पुग्यो ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति « Khabarhub

असोजबाट कात्तिकमा पुग्यो ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ । नायक अधिकारीले सोमबार नयाँ प्रदर्शन मिति कार्तिक ३० गतेलाई तोकिएको जानकारी दिएका हुन् ।

यसअघि असोज ३ गते फिल्मको प्रदर्शन मिति तोकिएको थियो । नायक अधिकारीका अनुसार फिल्मको प्राविधिक काम नसकिएपछि प्रदर्शन मिति हेरफेर गर्नुपरेको हो ।

हाल यस फिल्मको ‘पोष्ट प्रोडक्सन’को काम भारतको मुम्बईमा भइरहेको छ ।

चर्चित भारतीय कालकारहरुको अभिनय रहने भएकाले यस फिल्म निर्माण चरणको सुरुवातदेखि चर्चामा छ । ब्रह्मनम्दम्, अली, प्रदीप रावत, कविर दुहान सिंह र सुनिल वर्मालगायत भारतीय कालकार यस फिल्मको मुख्य भूमिकामा छन् ।

नेपाली कलकारहरूमा हरिहर र नीताको शीर्ष भूमिका छ भने प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकार पनि प्रमुख भूमिकामा छन् ।

यस फिल्मको कथा नायक अधिकारीकै हो । निर्देशन चन्द्र पन्तले गरेका छन् । प्रतीक पौडेल, निर्देशक पन्त र अधिकारीको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमोटोग्राफर कविरलालले खिचेका हुन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यस फिल्मको निर्माता नीता आफैँ हुन् । कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । यस फिल्म नेपाली, तेलगु र हिन्दी भाषामा प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ३ : ०७ बजे

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)

रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी– गत आर्थिक वर्ष (आव)मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को

वैदेशिक रोजगार बिमामा सुधार: घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं