सरकार नसच्चिए कांग्रेसले सडकबाटै आँधी-बेहेरी ल्याउँछ:  सभापति देउवा « Khabarhub

सरकार नसच्चिए कांग्रेसले सडकबाटै आँधी-बेहेरी ल्याउँछ:  सभापति देउवा


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुको अधिनायकवादले राष्ट्र अप्ठेरो अवस्थामा पुगेको बताएका छन् ।

कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम समापन समारोहलाई शुक्रबार सुर्खेतमा वीरेन्द्रनगर बोल्दै सभापति देउवाले वर्तमान सरकारले कम्युनिष्ट शासन लादेर शान्ति, सुरक्षा र सुशासन दिनुको सट्टा हत्या, हिंसा, आतंक, भ्रष्टाचार र महँगी बढाएर राष्ट्रलाई अप्ठेरोमा पारेको बताए ।

उनले कम्युनिष्ट सरकार नसच्चिए जटिल अवस्थामा पुग्न लागेको मुलुकको रक्षाका लागि कांग्रेसले सडकबाटै आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिए । सभापति देउवाले कम्युनिष्टहरु एकहुँदै गइरहेका बेला कांग्रेस दुई पार्टी जस्तो भएकाले एक बनाउन आफू लागि परेको समेत जानकारी दिए ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालले महाधिवेशन गुट–उपगुट भएपनि अबदेखि पार्टी एक बनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाए । उनले मुलुक र संविधानको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएकोले पार्टी भित्रको तिक्तता अन्त्य गर्दै एक ढिक्का भएर अघि बढ्ने उद्घोष गरे ।

समापन कार्यक्रममा नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले पार्टीभित्रको अन्तद्र्वन्द्व अन्त्य गर्दै एक ढिक्का बनाउने अभियानमा जुटेको बताए ।

दुई दिनसम्म चलेको प्रशिक्षणमा कर्णालीका दश जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ८ : ४३ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी