दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्छौं : गृहमन्त्री लेखक  | Khabarhub Khabarhub

दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्छौं : गृहमन्त्री लेखक 


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने बताएका छन् । 

चौपातो नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठी’ मा उनले दार्चुलाको तिंकरमा ३–४ महिनाभित्रै अध्यागमन कार्यालय स्थापना गरिने बताएका हुन् । 

महाकाली करिडोर, सेती लोकमार्गलगायतका महत्वपूर्ण परियोजना अगाडि बढाएर मित्र राष्ट्रहरू भारत र चीनसँग जोडिने गृहमन्त्री लेखकको भनाइ छ । 

‘यसका लागि ३–४ महिनामा तिंकर नाकामा अध्यागमनको कार्यालय स्थापना गरि तेस्रो मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटो अगाडि बढाउने योजना अगाडि सारेको छु,’ उनले भने, ‘सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने छ ।’ 

कार्यक्रममा सुदूरपश्चिमको भूमिसँग जोडिएका प्रतिभालाई सम्मान गरिएको थियो । सुदूरपश्चिमको भाषामा अमूल्य योगदान दिने आरडी प्रभास चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा  पुर्‍याएको योगदानका लागि विजया श्रेष्ठ केसीलाई सम्मान गरिएको थियो । 

यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट, नेपाली शास्त्रीय संगीतको क्षेत्रमा पुर्‍याएको योगदानका लागि गायक तिलकसिंह पेला, साहित्यकार हेमबाबु लेखकलगायत पनि सम्मानित भएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ३ : ३१ बजे

‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्ड’ : अमेरिकाको भिसा लागेपछिको उत्सव

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गरी फागुन १४ गतेबाट प्रदर्शनमा आउन

व्यासमा कृषिउपज संलन केन्द्र स्थापना

दमौली– व्यास नगरपालिका–१० दुम्सीमा कृषिउपज संकलन तथा बिक्री केन्द्र स्थापना

अनमनिका तत्कालीन प्रमुख इयान मार्टिनसँग नेता कोइरालाको भेटवार्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शान्ति प्रक्रियामा

झिनो अंकले बढ्यो नेप्से, फाइनास समूहमा गयो पहिरो  

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

दिलिपकी छोरी दिव्या भन्छिन्- ‘स्टारकिड’लाई फिल्ममा आउन सजिलो, स्थापित हुन गाह्रो

काठमाडौं – नेपाली फिल्मी क्षेत्रमा नयाँ ‘स्टारकिड’को आगमन भएको छ