कार्यकर्तालाई माओवादी निर्देशन- सडक आन्दोलनमा जानुपर्ने हुन सक्छ, तयार रहनू « Khabarhub

कार्यकर्तालाई माओवादी निर्देशन- सडक आन्दोलनमा जानुपर्ने हुन सक्छ, तयार रहनू


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने निष्कर्ष निकालेको छ।

माओवादीले कांग्रेस-एमाले नेतृत्वको सरकार प्रतिगमनतिर अघि बढ्ने अवस्था रहेको भन्दै नेता कार्यकतालाई आन्दोलनका लागि तयारी अवस्थामा रहन भनेको हो ।

हालै बसेको स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले गरेको परिपत्रमा प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार अघि बढेमा सडक आन्दोलन चर्काउनुपर्ने उल्लेख गरिएको छ ।

माओवादीले कांग्रेस–एमाले ७ बुँदे सहमतिलाई प्रश्चगामी र प्रतिगामी कदम भन्दै त्यहीमार्फत आन्दोलनतिर जानुपर्ने अवस्था रहेको जनाएको छ ।

माओवादीले प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षणको विरोध र जनताका दैनिक समस्यालाई सदनमा सशक्त रुपमा उठाउने पनि जनाएको छ ।

सदनमा खबरदारी गरिरहँदा पनि सरकार प्रतिगमनतिर गएमा सडक आन्दोलनबाहेक अर्को विकल्प नहुने ठहरसहित माओवादीले नेता-कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ७ : ५७ बजे

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी