सङ्खुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट « Khabarhub

सङ्खुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्जमाथि कुटपिट भएको छ । पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज वैध ज्ञानेन्द्रप्रसाद शाहमाथि कुटपिट भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभाका प्रमुख रामप्रमोद चौधरीले जानकारी दिए । 

शाहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै पाँचखपन–२ का भीषण जिमीले कुटपिट गरेको उनले बताए। जिमीले इन्चार्ज शाहमाथि औषधि किन्ने बहानामा कार्यालय परिसरभित्रै कुटपिट गरेको आरोपित छ । 

घटनालगत्तै पीडित शाहले स्थानीय प्रहरी पोष्टमा उजुरी गरेकामा प्रहरीले आरोपित जिमीलाई सम्झाइबुझाइ छाडेको थियो । जिमीले सोही दिन राति पुनः शाहको कोठामा पुगेर धम्क्याएको पीडितको आरोप छ । शाहले आज इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । 

यहाँ स्वास्थ्यकर्मी र अन्य कर्मचारी कुटपिट तथा अभद्र व्यवहार हुन थालेको भन्दै कर्मचारीले सुरक्षाको माग गरिरहेका छन् । यसअघि गत साउन १५ मा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय मादीका इन्चार्ज र एक कर्मचारीमाथि कुटपिट भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ८ : ०३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण