पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद « Khabarhub

पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पर्सा– डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार दुई सय ९१ क्युफिट काठ बरामद गरेको छ ।

कार्यालयले आर्थिक वर्षदेखि २०७९–८० देखि २०८०–८१ सम्ममा सो परिमाणको काठ बरामद गरेको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले जानकारी दिए ।

सो अवधिमा वनपैदावार तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका २२६ जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको उनको भनाइ छ ।

कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्युफिट बराबरको दाउरा समेत बरामद गरेको जनाएको छ ।

यस्तै, काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल, एक सय ४३ थान साइकल, छ थान ट्याक्टर, छ थान टायरगाडा, ४२ थान बञ्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरिएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७९–८० मा एक सय २६ वटा वनसम्बन्धी मुद्दा दायर गरेको थियो । जसमा १२० थान वनपैदावारसँग र ६ वटा मुद्दा वन्यजन्तु चोरी सिकारीसँग सम्बन्धित थिए । आव २०८०–८१ मा भने कार्यालयले ४२ वटा वनपैदावारसँग सम्बन्धित मुद्दा दायर गरेको थियो ।

कार्यालय प्रमुख कर्णले चालु आर्थिक वर्षमा वनपैदावारसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर फर्स्यौट गरिने बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ७ : १४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा