अगस्ट २३ मा प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाने | Khabarhub Khabarhub

अगस्ट २३ मा प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाने


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जाने भएका छन् । 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई युक्रेन भ्रमणको निम्तो दिएका थिए । तेस्रो पटक निर्वाचित भए पछि भ्लादिमिर पुटिनको निमन्त्रणमा रुस भ्रमणमा गएका मोदी अब युक्रेन जान लागेका हुन । रुस र युक्रेनबिच युद्ध जारी रहेको छ ।  

रुस नेतृत्वको तत्कालीन सोभियत संघवाट छुटेर युक्रेन सन् १९९१ मा छुट्टै राष्ट्र बनेको थियो । त्यसपछि कुनै पनि भारतीय प्रधानमन्त्री त्यहाँ गएका छैनन् । युक्रेनअघि प्रधानमन्त्री मोदी अगस्ट २१ र २२ मा पोल्याण्डमा हुनेछन् । पछिल्लो ४५ वर्षमा भारतीय प्रधानमन्त्रीको पोल्याण्ड भ्रमण यो पहिलो हो । यसअघि सन् १९७९ मा मोरारजी देसाई त्यहाँ गएका थिए ।

प्रधानमन्त्रीको युक्रेन भ्रमणबारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सचिव तन्मय लालले भने, ‘भारतको रूस र युक्रेन दुवैसँग सम्बन्ध छ। प्रधानमन्त्रीले त्यहाँ रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा पनि छलफल गर्नेछन् ।’

यसअघि प्रधानमन्त्री मोदी रुस गएका थिए, जहाँ धेरै विषयमा छलफल भएको थियो । पीएम मोदीले मार्च २० मा पुटिन र जेलेन्स्की दुवैसँग फोनमा कुरा गरेका थिए। उनले रुस–युक्रेन युद्धमा भारतको अडान दोहोर्‍याएका थिए । 

लालले भने कि प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग धेरै पटक कुरा गरेका छन्। पछिल्लो एक वर्षमा यस्ता धेरै भेटघाट पछि उनीहरु अब युक्रेनमा भेट्न लागेका हुन् । 

उनले अहिलेसम्म युक्रेनलाई १६ वटा औषधि, चिकित्सा उपकरण र विद्युत उत्पादन गर्ने प्याकेज दिइएको बताए । हालसम्म करिब १३५ टन राहत सामग्री त्यहाँ पठाइएको छ । सहयोग जारी राख्ने तरिकाहरू थप विचार गरिने छ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  २ : १७ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ