गाईजात्रा : रिपोर्टस् क्लबमा कलाकारहरूले गरे नेताहरूको क्यारिकेचर « Khabarhub

गाईजात्रा : रिपोर्टस् क्लबमा कलाकारहरूले गरे नेताहरूको क्यारिकेचर


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकृतिविरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा पर्व मनाइएको छ ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ ।  गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्यव्यङ्ग्यसँग पनि जोडिएको छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत आयोजना हुदै आएको छ । 

यस्तै गाईजात्राका अवसरमा रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा हास्यकलाकारसँग साक्षात्कार गरेको थियो । कार्यक्रममा हास्यकलाकारहरुले मुलुकको राजनीतिक लगाएका अवस्थाका बारेमा हास्यव्यङ्ग्यका रुपमा कटाक्ष गरेका थिए । हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गरे
।

हाँस्यकलाकार हिमेश पन्तले पनि बेतिथिमाथि व्यङ्ग गर्नुभएको थियो भने हाँस्यकलाकार जितु नेपालले वर्षौदेखि गाईजात्रामा व्यङ्ग्य गर्दापनि नेताहरू नसुध्रिएको बताए । हाँस्यकलाकार राजा राजेन्द्रले राजा राजेन्द्रले स्वर्गीय पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, महानायक राजेश हमाल, प्रधानमन्त्री ओली, शेरबहादुर देउवा, प्रचण्ड, डा. बाबुराम भट्टराइलगायतको क्यारिकेचर गरे  । त्यस्तै हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले राजनीतिक व्यक्तित्वमाथि कवितामार्फत व्यङ्ग्य गरे

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  २ : २७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण