नेपाली कागज उद्योग पुनः सञ्चालन | Khabarhub Khabarhub

नेपाली कागज उद्योग पुनः सञ्चालन


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – म्याग्दीको मालिका गाउँपालिका-३ अधिबारामा पाँच महिनादेखि बन्द अवस्थामा रहेको मालिका कागज उद्योग पुनःसञ्चालन भएको छ । 

कच्चापदार्थ र कामदारको अभाव, विद्युत् आपूर्तिमा अनियमितताले बन्द रहेको सो उद्योग पुनः सञ्चालन भएको हो । 

गत शनिबारदेखि उक्त उद्योगले पुनःव्यावसायिक उत्पादन सुरू गरेको छ । उद्योगका सञ्चालक मोतीराज गौतमका अनुसार स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादनको माग बढेसँगै पुनःनेपाली कागज उत्पादन सुरू गरेको बताए ।

‘यहाँ उत्पादित कागजलाई बजारको समस्या छैन, कच्चापदार्थ र कामदारको समस्याले नियमित सञ्चालनमा समस्या छ’, सञ्चालक गौतमले भने । कागजको बजारमा अत्यधिक माग हुँदा पनि मागअनुसारको उत्पादन गर्न नसकिरहेको बताउँदै अब नियमित उत्पादन र मागअनुसार पूर्ति गर्ने योजना रहेको सञ्चालक गौतमले जानकारी दिए ।

उद्योगमा विभिन्न आकारका कागजको माग हुने गरेकामा सरकारी तथा गैरसरकारी कार्यालय कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धूप निर्माण गर्नेछ–सात ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागजसहित विभिन्न प्रयोजनका लागि बिक्री हुने गरेको छ ।

उद्योगमा चुनौती धेरै रहेको अवस्थामा कच्चापदार्थ लोक्ता अभाव, विद्युत्को अनियमितता, उपकरण फ्रेम मर्मतसम्भार, विद्युत्बाट लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ) पकाउँदा हिटरको रड बढी जल्नेजस्ता समस्याले उद्योगको क्षमताअनुसार कागज उत्पादन गर्न नसकिएको उद्योगका सञ्चालक गौतमको भनाइ छ ।

स्थानीय तह र सम्बन्धित निकायबाट सहयोग हुने, उद्योगमैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ लोक्ताको संकलन गर्न सरल नीति बनाएमा म्याग्दीका अन्य स्थानमा पनि कागज उद्योग सञ्चालन गर्न सकिने जनाइएको छ ।

म्याग्दीको माथिल्लो पहाडी भेगमा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त बिरुवा (लोक्ता)का बोट छन् । लोक्ता (पुवा) पाइने स्थानमा पनि निकाल्ने कामदारको अभावले वनजङ्गलमै खेर गएको छ ।

विसं २०७५ मा स्थापना भएको उद्योगले बेनी, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरमा बिक्री गर्ने गरिन्छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नागी, धवलागिरिको लमसुङ, रघुगङ्गाको पाखापानीमा रहेका नेपाली कागज उद्योग अहिले बन्द अवस्थामा छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  २ : ५५ बजे

जेनजी आन्दोलनका नाममा बर्दिवासमा एक सय ८३ सालका रुख कटान

धनुषा – जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी

देशको अवस्था सामान्य नहुने बेलासम्म ‘कमेडी दरबार’ प्रसारण नहुने

काठमाडौं – जेनजी आन्दोलनले देशमा उत्पन्न असामान्य परिस्थितिको कारण देखाउँदै

संविधान बोक्दै काभ्रेमा पत्रकार र वकिलको मौन प्रदर्शन

काठमाडौँ – काभ्रेमा नेपाल पत्रकार महासङ्घको जिल्ला शाखा र नेपाल

दलसँग निकटताले निशानामा मीनबहादुर, विनोद चौधरीदेखि हिल्टन सञ्चालकसम्म

काठमाडौँ– यही सोमबार भएको प्रदर्शनमा राज्यपक्षबाट भएको दमनविरुद्ध मंगबालर जेन–जी

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह

काठमाडौं – काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट