रेन्बो डिस्टिलरीले आईपीओ ल्याउने  « Khabarhub

रेन्बो डिस्टिलरीले आईपीओ ल्याउने 


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशका भैरहवामा १५ वर्षदेखि सञ्चालनमा रहेको मदिरा उत्पादन कम्पनी रेन्बो डिस्टिलरीले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले आधुनिक प्लान्टसहित व्यवसाय वृद्धिका लागि पूँजीवृद्धि गर्दै आईपीओ जारी गर्ने भएको जनाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवा अन्तरगत रोड टु आईपीअ योजनासम्बन्धी सम्झौता गरेको छ । शुक्रबार यससम्बन्धी सम्झौतामा क्यापिटलका अध्यक्ष दिनेश आचार्य र कम्पनीका अध्यक्ष मिनराज भुसालले हस्ताक्षर गरेका छन् । 

एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजनाअन्तर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरूलाई समेत पब्लिक कम्पनीमा रूपान्तरण, पूँजीवृद्धि र व्यवसायीक प्रवर्द्धनमा परामर्श सेवा दिँदै आइरहेको छ । 

रेन्बो डिस्टिलरीले १० करोड चुक्तापुँजीलाई शतप्रतिशत वृद्धि गरी पब्लिक कम्पनीमा रूपान्तरण हुने जनाएको छ । एलिटले रेन्बोलाई चुक्ता पूँजीवृद्धि, व्यवसाय विस्तार, वित्तिय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

हाल १० करोड चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पूँजीवृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गरिँदैछ ।

यसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्ट समेत जडान गरिरहेको छ । पूँजीवृद्धिपछी यस कम्पनीले पब्लिक कम्पनीमा रूपान्तरण भई आईपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष भुसालले जानकारी दिए । 

रूपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले ५० यूपी र ७० यूपिका सोफी, स्मुच, ईडेन प्रिमियम, पिकनिक, अरेन्ज, पाईस, टकिला लगायत २ दजएन ब्राण्डका मदिरा उत्पादन गरिरहेको छ । 

हालसम्म नेपालको सेयर बजारमा मदिराजन्य उद्योग एउटा मात्र सूचिकृत भएको छ । त्यसैले मुनाफाजन्य उद्योगको रुपमा रहेको रेन्बो डिस्टिलरीलाई पव्लिक कम्पनी बनाई आईपीओ जारी गर्न लागिएको कम्पनीका संचालक प्रकाश भुषालले जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ३ : ०३ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी