रेन्बो डिस्टिलरीले आईपीओ ल्याउने  | Khabarhub Khabarhub

रेन्बो डिस्टिलरीले आईपीओ ल्याउने 


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लुम्बिनी प्रदेशका भैरहवामा १५ वर्षदेखि सञ्चालनमा रहेको मदिरा उत्पादन कम्पनी रेन्बो डिस्टिलरीले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले आधुनिक प्लान्टसहित व्यवसाय वृद्धिका लागि पूँजीवृद्धि गर्दै आईपीओ जारी गर्ने भएको जनाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवा अन्तरगत रोड टु आईपीअ योजनासम्बन्धी सम्झौता गरेको छ । शुक्रबार यससम्बन्धी सम्झौतामा क्यापिटलका अध्यक्ष दिनेश आचार्य र कम्पनीका अध्यक्ष मिनराज भुसालले हस्ताक्षर गरेका छन् । 

एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजनाअन्तर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरूलाई समेत पब्लिक कम्पनीमा रूपान्तरण, पूँजीवृद्धिव्यवसायीक प्रवर्द्धनमा परामर्श सेवा दिँदै आइरहेको छ । 

रेन्बो डिस्टिलरीले १० करोड चुक्तापुँजीलाई शतप्रतिशत वृद्धि गरी पब्लिक कम्पनीमा रूपान्तरण हुने जनाएको छ । एलिटले रेन्बोलाई चुक्ता पूँजीवृद्धि, व्यवसाय विस्तार, वित्तिय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

हाल १० करोड चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पूँजीवृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गरिँदैछ ।

यसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्ट समेत जडान गरिरहेको छ । पूँजीवृद्धिपछी यस कम्पनीले पब्लिक कम्पनीमा रूपान्तरण भई आईपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष भुसालले जानकारी दिए । 

रूपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले ५० यूपी र ७० यूपिका सोफी, स्मुच, ईडेन प्रिमियम, पिकनिक, अरेन्ज, पाईस, टकिला लगायत २ दजएन ब्राण्डका मदिरा उत्पादन गरिरहेको छ । 

हालसम्म नेपालको सेयर बजारमा मदिराजन्य उद्योग एउटा मात्र सूचिकृत भएको छ । त्यसैले मुनाफाजन्य उद्योगको रुपमा रहेको रेन्बो डिस्टिलरीलाई पव्लिक कम्पनी बनाई आईपीओ जारी गर्न लागिएको कम्पनीका संचालक प्रकाश भुषालले जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ३ : ०३ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको दोस्रो दिन

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका