भोजपुरको आमचोकका खाली जग्गामा चियाखेती « Khabarhub

भोजपुरको आमचोकका खाली जग्गामा चियाखेती


५ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ ।

चियाखेतीको प्रशस्त सम्भवना बोकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो ।

गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४–७५ देखि योजनाबद्ध रुपमा चियाखेती गरिरहेको छ ।

हालसम्म चियाखेतीका लागि गाउँपालिकाले चार करोड ५ं० लाख लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए ।

उक्त पालिकाका वडा नम्बर १, २, ३ र ६ मा खेती विस्तार थालिएको गाउँपालिका अध्यक्ष राईले बताए । यी वडामा प्रशस्त खाली जमिन छ भने यहाँको प्राकृतिक छटाले पर्यटनको राम्रो सम्भावना बोकेको अध्यक्ष राईले बताए ।

आमचोक गाउँपालिकाको माथिल्लो भेगमा धेरै खाली चौर रहेकाले त्यहाँ चियाखेतीको राम्रो सम्भावना भएको उनको भनाइ छ ।

उनले गाउँपालिकासँगै स्थानीयलाई पनि निजी खाली जमिनमा चियाखेती विस्तारमा प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिने बताए ।

स्थानीयको जनसहभागिता बढाउँदै व्यवस्थित र प्रणालीगत रुपमा अघि बढाउन आमचोक चिया तथा कफी सहकारी गठन गरिएको अध्यक्ष राईले बताए ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ९ : ११ बजे

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ– कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको

चितवनविरुद्ध काठमाडौंले गुमायो दोस्रो विकेट, रिजनको बलमा साहिल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन

जिप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते

त्रिवेणी– रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएकाे आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन 

काठमाडौं– नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा

डेढ महिनापछि अन्नपूर्ण गाउँपालिकाका सबै बस्ती सडक सञ्जालमा जोडिए

म्याग्दी– मनसुनजन्य विपद्का कारण सडक सम्पर्क विच्छेद भएका म्याग्दीको अन्नपूर्ण