हुम्लाको चङ्खेलीमा जीप दुर्घटना, पाँचजना गम्भीर घाइते | Khabarhub Khabarhub

हुम्लाको चङ्खेलीमा जीप दुर्घटना, पाँचजना गम्भीर घाइते


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप आज बिहान चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको अवस्थामा मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको हो ।

चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य छ ।

दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् ।

बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२ का मायादेवी शाही सामान्य घाइते भएका छन् ।

जिप दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो । जिप सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ११ : १० बजे

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय

के खिचडी पकाउँदैछिन् सुमना ?

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना

दार्चुलामा भूकम्पको धक्का महसुस

खलङ्गा– दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको

गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते

गाईघाट – त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज