जन्म, मृत्युदर्ता गराउँदा आर्थिक सहयोग « Khabarhub

जन्म, मृत्युदर्ता गराउँदा आर्थिक सहयोग


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– विदुर नगरपालिका–५ कार्यालयले वडाभित्र हुने घटना दर्ताअन्तर्गत जन्म र मृत्युमा पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गत आर्थिक वर्षदेखि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए पाँच हजार रुपैयाँ उपलब्ध गराउन सुरु गरेको वडाले चालु आर्थिक वर्षमा मृत्यु भएका व्यक्तिको परिवारलाई पनि पाँच हजार रुपैयाँ उपलब्ध गराउन सुरु गरेको हो ।

उक्त कार्यक्रम नगरसभाबाट स्वीकृत गराई वडाले आफ्नै बजेटमा सहयोग रकम उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘गत वर्ष बच्चा जन्मेको ३५ दिनभित्र दर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले पाँच हजार जम्मा गरेपछि वडाले त्यति नै रकम जम्मा गर्न ल्याएको कार्यक्रम प्रभावकारी बन्यो । यस वर्षदेखि वडाबासी कोही व्यक्तिको निधन भएमा ३५ दिनभित्र घटना दर्ता गराए परिवारलाई पाँच हजार रुपैयाँ राहत दिन लागिएको छ ।’

बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार रुपैयाँ बैंकमा दाखिला गराउँदै आएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ११ : ४७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने