‘सतीदेवी’को प्रिमियरमा जे देखियो (तस्बिरहरू) « Khabarhub

‘सतीदेवी’को प्रिमियरमा जे देखियो (तस्बिरहरू)


५ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को प्रिमियर शो गरिएको छ ।

कमलपोखरीस्थित एक हलमा आयोजित प्रिमियरमा फिल्मका कलाकारहरूले तीन सयभन्दा बढी दर्शकसँग बसेर फिल्म हेरे ।

प्रिमियरमा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, कलाकार एवम् निर्देशक दीपाश्री निरौला, नायकहरू जयकिशन बस्नेत, सलोन बस्नेत, सलिनमान बानियाँ, नायिकाहरू मिरुना मगर, जान्बी बस्नेत लगायत उपस्थित थिए ।

फिल्म हेरेपछि अधिकांशले ‘समाजमा का‍यम लैङ्गिक असमानता’को घटना फरकशैलीमा पर्दामा प्रस्तुत गर्ने निर्देशक सुवेदी सफल भएको प्रतिक्रिया दिए ।

फिल्मको शीर्ष भूमिकामा रहेकी नायिका मलिका महतलाई पहिलो पटक ठूलो पर्दामा ग्रामीण क्षेत्रको किशोरीको भूमिका देख्न सकिन्छ । उक्त भूमिकालाई न्याय गरेको भन्दै मलिकाले बधाईसमेत पाइन् ।

यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘सतीदेवी’मा मलिकासहित, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनिषा सापकोटा, सुजिता शिवाकोटी लगायतको अभिनय छ ।

फिल्मका लेखकसमेत निर्देशक सुवेदी स्वयम् हुन् । दिलासा र साराको प्रस्तुति रहेको यस फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  १२ : ३४ बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई