साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात « Khabarhub

साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात

निर्याततर्फ शीर्ष स्थानमा कार्पेट


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्क अनुसार गएको साउनमा नेपालले १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो ।

यसमध्ये सबैभन्दा बढी आयात भएको वस्तुमा डिजेल रहेको छ । एक महिनामा ६ अर्ब ९८ करोड ७१ लाख ९५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यस्तै, ५ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बराबरको ग्यास आयात भएको छ ।

युरिया मल मात्रै एक महिनामा करिब ४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । ३ अर्ब ७२ करोड ७२ लाखको स्मार्टफोन भित्रिएको छ । यस्तै, ३ अर्ब ४ लाख रुपैयाँको फलाम आयात हुँदा सूर्यमुखी तेल २ अर्ब ६३ करोड १९ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

औषधिजन्य वस्तु २ अर्ब ३७ करोड ४३ लाख रुपैयाँ बराबरको आयात भएको छ । डाइमोनियक फोस्फेट १ अर्ब ७९ करोड ४७ लाख रुपैयाँको र कच्चा सोयाबिन तेल १ अर्ब ३० करोड ७९ लाख रुपैयाँको आयात भएको छ । कोल्जा सीड १ अर्ब २५ करोड ५१ लाख रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

सबैभन्दा बढी कार्पेट निर्यात

नेपालबाट चालु आवको पहिलो महिनामा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलना चालु आवको पहिलो महिनामा आयात शून्य दशमलव ६७ प्रतिशतले घटेको छ भने निर्यात नौ दशमलव ६३ प्रतिशतले घटेको छ ।

गत साउन महिनामा नेपालले भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ । यसमा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने प्रमुख वस्तुमा कार्पेट रहेको छ ।

एक महिनामा १ अर्ब ११ करोड ७५ लाख रुपैयाँ बराबरको कार्पेट बाहिरिएको तथ्यांकले देखाएको छ । यस्तै, ५१ करोड ३२ लाख रुपैयाँको चिया निर्यात भएको छ । फलाम, कोल्जा सीडस्, प्लाई, धागो र मिश्रित जुस लगायत वस्तु पनि निर्यात सूचीको शीर्ष स्थानमा छन्‌ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : ३२ बजे

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल