इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरूको मृत्यु भएको हो । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश बिक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए।  बिहान करिब १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनीहरू अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

लगत्तै दमारगाउँ प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उनीहरूको उद्धारका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ सुरक्षाकर्मी परिचालन गरिएका थिए । त्यसपछि नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले बिक र नेपालीलाई इनारबाट बाहिर निकालेको थियो । 

दुवै जनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए । 

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १२ : ४६ बजे

नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण

काठमाडौं– नेपाली र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजङ्घा हिमाल आरोहण

ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मध्यरातको समयमा बत्ती

पासपोर्टको ठेक्कामा बिचौलियाको चलखेल ?

काठमाडौं- परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले आम नागरिकलाई पासपोर्टको अभाव हुन

भारततर्फ विद्युत् निर्यात सुरू, ऊर्जामन्त्री भन्छन्- लोडसेडिङको हल्ला निराधार

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘लोडसेडिङ भयो’ भनेर