मन्त्री पाण्डेको निर्देशन- कुन फाइल कहाँ अड्किएको छ २४ घण्टा भित्र छिनोफानो गर्नू  « Khabarhub

 मन्त्री पाण्डेको निर्देशन- कुन फाइल कहाँ अड्किएको छ २४ घण्टा भित्र छिनोफानो गर्नू 


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायलाई चुस्त र परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।  

संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग बुधबार ‘समस्या तथा चुनौती र समाधानका उपाय’ विषयक  छलफल कार्यक्रममा उनले मातहतलाई निर्देशन दिएका हुन् । 

‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ, त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला,’ मन्त्री पाण्डेले भने । उनले असोज महिनाभित्र प्रत्येक निकायले कार्यप्रगति विवरण पेश गर्न पनि निर्देशन दिए । 

‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरूको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला,’ पाण्डेले भने, ‘असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि के–के गर्छौं ? गर्न सक्ने कार्यक्रमहरु के–के हुन् ? गर्न नसक्ने काम के–के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नु ।’ 

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोहीअनुसार अघि बढ्नसमेत कर्मचारीलाई निर्देशन दिए । उनले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ५ : ५४ बजे

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता

भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा– लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ