मन्त्री पाण्डेको निर्देशन- कुन फाइल कहाँ अड्किएको छ २४ घण्टा भित्र छिनोफानो गर्नू  « Khabarhub

 मन्त्री पाण्डेको निर्देशन- कुन फाइल कहाँ अड्किएको छ २४ घण्टा भित्र छिनोफानो गर्नू 


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायलाई चुस्त र परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।  

संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग बुधबार ‘समस्या तथा चुनौती र समाधानका उपाय’ विषयक  छलफल कार्यक्रममा उनले मातहतलाई निर्देशन दिएका हुन् । 

‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ, त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला,’ मन्त्री पाण्डेले भने । उनले असोज महिनाभित्र प्रत्येक निकायले कार्यप्रगति विवरण पेश गर्न पनि निर्देशन दिए । 

‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरूको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला,’ पाण्डेले भने, ‘असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि के–के गर्छौं ? गर्न सक्ने कार्यक्रमहरु के–के हुन् ? गर्न नसक्ने काम के–के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नु ।’ 

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोहीअनुसार अघि बढ्नसमेत कर्मचारीलाई निर्देशन दिए । उनले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ५ : ५४ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको