भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अग्रसर छ : मोदी « Khabarhub

भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अग्रसर छ : मोदी


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्नो सरकारले लागू गरेका आर्थिक सुधारका कारण मुलुक तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको बताएका हुन् ।

उनले सन् २०४७ सम्म ‘विकसित भारत’ को लक्ष्य हासिल गर्न सरकारले आर्थिक सुधारका कदम चालिरहेको उल्लेख गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार प्रधानमन्त्री मोदीले पछिल्ला केही वर्षयता आफ्नो सरकारले मुलुकको बैंकिङ क्षेत्रको सुधारमा काम गरिरहेको जानकारी दिए ।

उनले पछिल्लो समय भारतको बैंकिङ क्षेत्र विश्वमै मजबुत स्थान रहेको समेत उल्लेख गरे । लघु, साना एवम् मध्यम उद्यमका लागि बैंकिङ क्षेत्र मेरुदण्डको रुपमा स्थापित भएको उनको भनाइ छ । सन् २०२३–२४ मा भारतको समग्र बैंकिङ क्षेत्रको कुल नाफा ३ लाख करोड भारतीय रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री मोदीले ‘भोकल फर लोकल’ र ‘एक जिल्ला एक उत्पादन’ जस्ता कार्यक्रम सफल हुँदै गएको भन्दै साना शहरबाट हुने निर्यात वृद्धि हुने अपेक्षा व्यक्त गरे । उनले नवीकरणीय ऊर्जाको क्षेत्रमा पनि भारतले प्रगति गरिरहेको र सन् २०३० सम्म ५ सय गिगावाट नवीकरणीय ऊर्जा जडान हुने उद्देश्य रहेको उल्लेख गरे । सन् २०४७ सम्म भारत ऊर्जा क्षेत्रमा आत्मनिर्भर भइसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : ३४ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका