अमेरिकामा चिनियाँ नागरिकलाई जासुसी गरेको आरोप « Khabarhub

अमेरिकामा चिनियाँ नागरिकलाई जासुसी गरेको आरोप


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध आपराधिक अभियोग दायर गरेका छन् । अमेरिकामा बस्ने यी चिनियाँ व्यक्तिलाई चीनको गुप्तचर एजेन्सीको जासुस भएको आरोप लागेको छ ।

अमेरिकी न्याय मन्त्रालयले ६७ वर्षीय चिनियाँ नागरिक युआनजुन ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको जनाएको छ । चिनियाँ नागरिक युआनजुन ताङलाई पनि एफबीआईविरुद्ध गलत बयान दिएको आरोप लागेको छ ।

जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, ‘ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ ।’

ताङमाथि इ-मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाट लगातार सन्देश पठाएको आरोप छ।

यसबाहेक, उनले लगातार एमएसएस अर्थात् राज्यको सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै गरेको समेत रिपोर्टमा उल्लेख छ ।
-न्युजकारखानाबाट साभार

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १ : ४२ बजे

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक

लमजुङ– लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल

स्विट्जरल्यान्डमा बस दुर्घटना

एजेन्सी– पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण