नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक स्वीकृत « Khabarhub

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक स्वीकृत


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद मदनकुमारी शाह (गरिमा), किरणबाबु श्रेष्ठ, मायाप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, कृष्णप्रसाद अधिकारी, तुलसाकुमारी दाहाल र सुमित्रा विसीले प्रचलित ऐनलाई समयानुकूल बनाउन ल्याइएको सो विधेयकलाई गम्भीर अध्ययन र समीक्षा आवश्यक रहेको बताए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री चौरसियाले कानुन व्यवसायीले बारम्बार उठाउँदै आएको नेपाल कानुन प्रतिष्ठान निर्माण गर्ने विषय विधेयकमा समेटिएको स्पष्ट पारे । उनले प्रस्तुत विधेयकलाई समृद्ध बनाउने भूमिका खेल्न सबै सांसदसँग आग्रह गरे ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सदस्यलाई राष्ट्रियसभाअन्तर्गतको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराए ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ३ : ०३ बजे

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन्- मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – ०७६ पुसको भ्रमण भारतीय गायिका आशा भोसलेको अन्तिम

बेनीको महारानीथान धार्मिक पर्यटकीय स्थलका रूपमा विकास

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको महारानीथान नयाँ धार्मिक पर्यटकीय

एनसेलको डाटा लिए हिमालयन जाभामा छुट

काठमाडौं– एनसेल र हिमालयन जाभा कफीबीच साझेदारीका लागि सम्झौता भएको छ

अमेरिका-इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव

एजेन्सी– अमेरिका र इरानबीच जारी कूटनीतिक संवादले केही प्रगति गरेको

‘कमेडी दरबार’को तेस्रो सिजनको सुटिङ सुरु, पहिलो भागका अतिथि दयाहाङ, साैगात र तेरिया

काठमाडौं – बिक्की अग्रवाल निर्देशक र प्रस्तोता रहेको कमेडी शो