संसद्‍मा प्रधानमन्त्रीले भने- असन्तुष्टिका नाममा जनता भड्काउने कोसिस हुँदैछ « Khabarhub

संसद्‍मा प्रधानमन्त्रीले भने- असन्तुष्टिका नाममा जनता भड्काउने कोसिस हुँदैछ


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुको अस्वस्थ प्रतिष्पर्धा वा अहिलेको प्रणालीलाई मन नपराउनेले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न गरेको बताएका हुन् ।

सबै कुरालाई ध्यानामा राखेर जनतामा रहेका निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको उनले बताए ।

छोटो अवधिमा पनि सकारात्मक परिणाम देखापर्न थालेको उनले बताए । अहिलेको सरकारलाई काम नगर्ने छुट नरहेको भन्दै जनतामा आशा जगाउन गम्भीर भएर काम गर्ने उनले बताए ।

शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रका धेरै अघिदेखिको समस्या समाधानका लागि सरकार दतचित्त भएर लागेको उनले बताए ।

नेपालको राजनीतिमा ऐतिहासिक भूमिका निर्वाह गरेका दल अहिले सरकारमा रहेको भन्दै प्रधानमन्त्री ओलीले आशंका नगर्न आग्रहसमेत गरे ।

भ्रष्टाचारसम्बन्धी प्रकरणमा कुनै सम्झौता नगर्ने र शून्य सहनशीलताका साथ अघि बढ्ने उनले बताए ।

ओलीले भ्रष्टाचारसम्बन्धी बिषयलाई प्रचारबाजीको रुपमा नभई तथ्यका आधारमा निर्मूल पार्ने जिकिर गरे ।

ओलीले अहिलेको सरकारले देखावटी नभइ परिस्थितिमा सकारात्मक परिणाम दिने उद्देश्यका साथ अघि बढेको बताए ।

उनले राष्ट्रको आवश्यकताका आधारमा दलहरुबीचको सहमतिका साथ संविधान संशोधन हुन सक्ने भन्दै यस बिषयमा गलत प्रचारबाजी भएको बताए ।

उनले मनसुनका कारण प्रभावितहरुलाई राहत, पुनर्स्थापनाका साथै अन्य काम सरकारी तवरबाट भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको बताए ।

घरजग्गा कारोबार क्रमशः बढ्दै गएर पूँजीबजारमा उल्लेखनीय सुधार आएको उनले बताए । निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ३ : ५७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल