आठौँ धर्म–धम्म सम्मेलनका लागि मन्त्री पाण्डे भारत प्रस्थान  | Khabarhub Khabarhub

आठौँ धर्म–धम्म सम्मेलनका लागि मन्त्री पाण्डे भारत प्रस्थान 


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

मन्त्री पाण्डे शुक्रबारबाट सुरु हुने तीन दिने आठां धर्म–धम्ब सम्मेलनमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेका हुन् ।

भारत फाउन्डेसनको पहल एवम् गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा  हुन लागेको धर्म–धम्म सम्मेलनमा हिन्दू र बौद्ध सभ्यताहरूबीच निकट रहेका विचारहरूमाथि विमर्श हुने जनाइएको छ ।

सो सम्मेलनमा भूटान, श्रीलङ्का र नेपाल लगायतका देशका मन्त्रीहरूको सहभागिता रहने छ ।

यस पटकको धर्म–धम्म सम्मेलनको नारा ’धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ । सम्मेलनले शताब्दीयौंदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको धर्म–धम्म बीचको साझा विचारहरूलाई एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म–धम्म परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । उक्त सम्मेलनमा विदेशका शोधकर्ताहरूले आफ्ना शोधपत्रहरू प्रस्तुत गर्ने भएका छन् ।

आठौँ अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलन २०२४ मा १८ देशका तीन सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ६ : ११ बजे

अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति

प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

काठमाडौँ – राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख

जेन–जीको चाहनाअनुसार पार्टी रूपान्तरण गर्ने एमाले नेताहरुको प्रतिबद्धता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ३२ वटा केन्द्रीय विभागले

शिक्षण अस्पतालमा ३६ जनाको शव, पत्र नआउँदा परीक्षणमा ढिलाइ

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका