सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री छ : सांसद गौतम | Khabarhub Khabarhub

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री छ : सांसद गौतम


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– राष्ट्रियसभाका सांसद वामदेव गौतमले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले पीडितलाई न्याय प्राप्तिमा प्रशस्तै बाटो राखेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा उनले पीडित केन्द्रित सङ्क्रमणकालीन न्याय संरचनाको गठन हुनुपर्नेमा जोड दिए ।

कानुन पारित गरेर मात्रै शान्ति प्रक्रिया पूरा नहुनेमा जोड दिँदै उनले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने आयोग बन्न नसक्नु विडम्बना भएको बताए । ‘कानुन बनेपछि यो प्रक्रियालाई विश्वसनीय बनाउन सरोकारवालाको विश्वास र सहकार्य सुनिश्चित गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ’, उनले भने ।

नेकपा (एकीकृत समाजवादी)का नेता बेदुराम भुसालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले शान्ति प्रक्रियालाई टुङ्ग्याउन सक्नुपर्नेमा जोड दिए । राजनीतिक दलबीच भएको सहमति तथा कार्यदलले गरेको सहमतिलाई विश्वास गरेर राष्ट्रियसभाबाट संक्षिप्त रूपमा विधेयक पारित हुन लागेको उल्लेख गर्दै उनले यो सहमतिले नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका निम्ति योगदान गरोस् भने  ।

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याएर मुलुकको समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन र संरचनाले पीडितलाई उन्मुक्ति दिने र पीडितलाई न्याय नदिने आशङ्का व्यक्त गरे ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ६ : ३० बजे

भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा संकटमा

एजेन्सी– भारतको महाराष्ट्र राज्यका दूरदराजका खडेरीपीडित गाउँहरूमा रहेका बालिकाहरू शिक्षा

४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं– कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको

सहमतिमा परिस्थिति सामान्य बनाउनुपर्छ : एमाले नेता अधिकारी

देवदह– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी

प्रियांकको उत्कृष्ट ब्याटिङमा कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर

मध्यराति पक्राउ परेका प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौं– मध्यरातमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई  म्याद थपका लागि