रविलाई रिहाइ गर्न कलाकारको माग | Khabarhub Khabarhub

रविलाई रिहाइ गर्न कलाकारको माग


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विभिन्न कलाकारहरुले निष्पक्ष छानबिनको माग गरेका छन् । रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै कलाकार दीपकराज गिरी, नायक निखिल उप्रेती, रमेश उप्रेती, निर्मल शर्माले घटनाबारेको यथार्थ सार्वजनिक गर्न माग गरे ।

पत्रकार सम्मेलनमा सहभागी भएका दीपकराज गिरी कानूनमा भएको त्रुटिकै कारण रवि लामिछाने पक्राउ परेको भन्दै रिहाइको माग गरेका छन् । उनले भने, ‘कानुन नै त्रुटिपूर्ण छ । मरेका सबै मान्छेले यथार्थ गरेका हुँदैनन् । आपसी रिसईबीका कारण आत्महत्या गर्लान् अनि बाँचेकाले सास्ती भोग्नुपर्ने भयो । म भन्छु आत्महत्या पनि अपराध हो । अहिलेको कानूनमा सुधार जरुरी छ । मर्ने व्यक्तिले सबै सही गर्छन भन्ने पनि छैन नि । आत्महत्याका कारण प्रताडना खेप्ने म पनि हुँ । मलाई थाहा छ नि कति पीडा हुन्छ ।’

गिरीले आफूले भोगेको पीडालाई पनि यसरी सार्वजनिक गरे, ‘चलचित्रको कपिराइटका कारण कृष्ण भाइले आत्महत्या गर्दा मैँले पनि समस्या भोगेको थिएँ । मर्ने व्यक्ति बाँच्नका लागि संघर्ष गर्न नसकेर मर्ने हुन् । दुःख पीडासँग जुध्न नसकेर मर्ने हुन् । कानूनीराज, राज्य, सरकार न्यायप्रति विश्वास गुमेर मानिसहरु सडकमा उत्रिएका हुन् ।’ रवि बारे चाँडो फैसला हुनुपर्ने भन्दै उनले भने, ‘रवि जीको सन्दर्भमा उहाँ दोषी भए सजाय भोग्नुपर्छ निर्दोष भए रिहा हुनुपर्यो । अनि उहाँले प्रहरीलाई सहयोग गर्छु भन्दाभन्दै किन पक्राउ गरेको प्रहरीले ?’

त्यस्तै नायक निखिल उप्रेतीले राजनीतिका कारण देश विग्रिएको आरोप लगाए । उनले भने, ‘यो देश राजनीतिले बिगारेको छ । आज राजनीतिक रंग नलागेको मान्छे, पावर, पहुँच नपुगेको मान्छेले न्याय पाउन सक्दैन । अहिले भएको यही हो । जबसम्म राजनीतिले गाँजिरहन्छ अन्याय, अत्याचारविरुद्ध संघर्ष गर्नेहरुलाई समस्या आइरहन्छ ।’

त्यस्तै कलाकार निर्मल शर्माले पनि घटनाबारे निष्पक्ष छानबिनको माग गर्दै रवि निर्दोष भएकाले प्रहरी हिरासतमा राख्न नपाइने बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  १ : ३६ बजे

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच

मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री 

काठमाडौं– जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्की मन्त्री छान्ने आन्तरिक छलफलमा