वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्छ : माधव नेपाल « Khabarhub

वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्छ : माधव नेपाल


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण र वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्ने बताएका छन् ।

समाजवादी अध्ययन केन्द्रले कम्युनिष्ट विचारक लेलिनको निधनको एकसय वर्षको अवसरमा आजदेखि सुरु गरेको साताव्यापी विचार गोष्ठीको उद्घाटनका क्रममा अध्यक्ष नेपालले कम्युनिष्ट आदर्शका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी सामाजिक न्याय, न्यायोचित वितरण प्रणाली कार्यान्वयन गर्न सकिने बताए ।

क्रान्तिका योद्धाबाट प्रेरणा पाउनुभएका लेलिनले देश र जनताको हितमा जस्तो सुकै जोखिम उठाएर अगाडि बढ्न विश्व समुदायलाई प्रेरित गरेको बताउँदै उनले जीवनको अन्तिम घडीसम्म अनेकौँ जोखिमपूर्ण सङ्घर्ष गरी आफ्नो आस्थाप्रति अटल र अविचलित रहेको विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले माक्र्सवादलाई सिर्जनात्मक रूपमा ग्रहण गरी त्यसलाई वस्तुगत विश्लेषणसहित प्रयोगमा ल्याएका लेलिनले विश्व पुँजीवादको एकाधिकारलाई अन्त्य गर्न वैज्ञानिक समाजवादको सुरुआत गरेको बताए । राजनीतिक क्रान्तिको विभिन्न चरणमा सङ्घर्ष गर्ने क्रममा भूमिगत जीवनमा पनि लेनिनले रचना गरेका कृति कम्युनिष्ट आन्दोलनको यात्रामा कालजयी रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १० : ३२ बजे

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी