चार मन्त्रीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी | Khabarhub Khabarhub

चार मन्त्रीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसहित चार मन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सिन्धुलीका युवराज सफलले पौडेलसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीमाथि छानबिनको माग गर्दै आयोगमा उजुरी दिएका हुन् । बिहीबार अख्तियारको कार्यलयमा पुगेर छानबिनको माग सहित उजुरी दिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

युवराजले अर्थमन्त्री पौडेलले रुपन्देहीको देवीनगरमा नक्कली सुकुम्बासी बनी सार्वजनिक जग्गा लिएको र ललिता निवास प्रकरणमा मुछिएको भन्दै छानबिनको माग गरेका छन् ।

यस्तै उजुरीमा परराष्ट्रमन्त्री देउवा नक्कली भुटानी शरणार्थी प्रकरण र ऊर्जामन्त्री खड्का नेपाल स्काउटको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएको भन्दै छानबिनको माग गरिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १० : ४८ बजे

गौशालामा ७ वटा सवारी साधन एक आपसमा ठोक्किए

काठमाडौं– काठमाडौंको गौशालामा बस अनियन्त्रित हुँदा १५ जना घाइते भएका छन्

नेपालको धर्मनिरपेक्षताबारे भारतीय नेता जोलीको सुझाव- जनताको मत बुझ्दा राम्रो

काठमाडौं- भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले नेपालको धर्मनिरपेक्षताबारे

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै

हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिले आफ्नो तीन वर्षे कार्यकालका मुख्य

ज्ञानेन्द्र शाहीको दाबी- मौद्रिक नीतिको ज्ञान नभएका पौडेलले राष्ट्र बैंक सम्हाल्न सक्दैनन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल