चार मन्त्रीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी « Khabarhub

चार मन्त्रीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसहित चार मन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सिन्धुलीका युवराज सफलले पौडेलसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीमाथि छानबिनको माग गर्दै आयोगमा उजुरी दिएका हुन् । बिहीबार अख्तियारको कार्यलयमा पुगेर छानबिनको माग सहित उजुरी दिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

युवराजले अर्थमन्त्री पौडेलले रुपन्देहीको देवीनगरमा नक्कली सुकुम्बासी बनी सार्वजनिक जग्गा लिएको र ललिता निवास प्रकरणमा मुछिएको भन्दै छानबिनको माग गरेका छन् ।

यस्तै उजुरीमा परराष्ट्रमन्त्री देउवा नक्कली भुटानी शरणार्थी प्रकरण र ऊर्जामन्त्री खड्का नेपाल स्काउटको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएको भन्दै छानबिनको माग गरिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १० : ४८ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले