रविको कुकर्मको पर्दाफास गर्नु पार्टी विरुद्ध लाग्नु होइन : मुकुल ढकाल « Khabarhub

रविको कुकर्मको पर्दाफास गर्नु पार्टी विरुद्ध लाग्नु होइन : मुकुल ढकाल

‘रास्वपालाई ठग, भ्रष्ट र अपराधीको कब्जाबाट मुक्त गराएरै छाड्छु’


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नभएको बताएका छन्।

पार्टीले भदौ ५ गते सोधेको स्पष्टीकरणको जवाफ फर्काउँदै उनले सामाजिक सञ्जालमा यस्तो आक्रोश पोखेका हुन्। उनले रास्वपालाई ठग, भ्रष्ट र राहदानी दुरुपयोग गर्ने अपराधीको कब्जाबाट मुक्त गर्ने बताएका छन्। ढकालले आफूलाई गलत सावित गर्नसमेत सभापति लामिछानेलाई चेतावनी दिएका छन्। राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुने उनको भनाइ छ।

उनले फेसबुकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ सार्वजनिक गर्दै लेखेका छन्, ‘श्री रवि लामिछाने, तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु। कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्। तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन, यो पार्टी हितमा हो। राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु।’

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ११ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै