ठूला दलको समीकरणले मुलुकका समस्या समाधान गर्न सहज हुन्छ : गृहमन्त्री लेखक « Khabarhub

ठूला दलको समीकरणले मुलुकका समस्या समाधान गर्न सहज हुन्छ : गृहमन्त्री लेखक


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जनकपुर– गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन् । यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताए ।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समीकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको दाबी गरे ।

१८ वर्षदेखि सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय निष्कर्षमा पुग्न सकी रहेको थिएन तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिँदा सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय निष्कर्षमा पुर्‍याउन सफल भएको बताए । यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको उनको भनाई थियो ।

गृहमन्त्री लेखकले कांग्रेस र एमाले एक ठाउँमा आएर सहज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरूलाई समाधान गर्ने अभिप्रायले यो समीकरणको निर्माण गरिएको बताए ।

उनले  ‘केही दिनमै समीकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रूपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गर्‍यो ।’ अगाडी भने, ‘अहिले निर्माण गरिएको नयाँ समीकरण मुलुकका लागि निर्विकल्प छ, यो समीकरण निष्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १२ : १३ बजे

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने

सुनिल पौडेलसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र