दसगजा क्षेत्रमा भारतले बनाइरहेको बाँध तत्काल रोक्न सांसद साहको माग | Khabarhub Khabarhub

दसगजा क्षेत्रमा भारतले बनाइरहेको बाँध तत्काल रोक्न सांसद साहको माग


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– भारतले नेपालको सीमावर्ती इलाका(दसगजा) मा बनाउँदै गरेको बाँधको निर्माण कार्य तुरुन्त रोक्न सांसद प्रभु साहले माग गरेका छन् ।

रौतहट जिल्लासँग जोडिएको दसगजा क्षेत्रमा भारतीय पक्षले सडकको नाम दिई अग्लो बाँध बनाइरहेको भन्दै सांसद साहले आपत्ति जनाएका हुन् ।

कुटनीतिक पहल गरी उक्त बाँध निर्माण कार्य तत्काल रोक्न साहले सरकारसँग माग गरेका छन् ।

पछिल्लो समय दसगजा क्षेत्रमा बनाइएको बाँधकै कारण नेपाली भूमी डुबानमा पर्दै आएको भन्दै सांसद साहले नेपालीले थप पीडा पाउने गरि निर्माण हुने कुनै पनि संरचना सह्य हुन नसक्ने बताए ।

नेपाल र भारत दुबै पक्षबीच कुटनीतिक संवाद गरी दसगजा क्षेत्रबाट बाँध हटाउनुपर्ने सांसद साहको भनाइ छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  २ : ४६ बजे

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध