दसगजा क्षेत्रमा भारतले बनाइरहेको बाँध तत्काल रोक्न सांसद साहको माग « Khabarhub

दसगजा क्षेत्रमा भारतले बनाइरहेको बाँध तत्काल रोक्न सांसद साहको माग


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– भारतले नेपालको सीमावर्ती इलाका(दसगजा) मा बनाउँदै गरेको बाँधको निर्माण कार्य तुरुन्त रोक्न सांसद प्रभु साहले माग गरेका छन् ।

रौतहट जिल्लासँग जोडिएको दसगजा क्षेत्रमा भारतीय पक्षले सडकको नाम दिई अग्लो बाँध बनाइरहेको भन्दै सांसद साहले आपत्ति जनाएका हुन् ।

कुटनीतिक पहल गरी उक्त बाँध निर्माण कार्य तत्काल रोक्न साहले सरकारसँग माग गरेका छन् ।

पछिल्लो समय दसगजा क्षेत्रमा बनाइएको बाँधकै कारण नेपाली भूमी डुबानमा पर्दै आएको भन्दै सांसद साहले नेपालीले थप पीडा पाउने गरि निर्माण हुने कुनै पनि संरचना सह्य हुन नसक्ने बताए ।

नेपाल र भारत दुबै पक्षबीच कुटनीतिक संवाद गरी दसगजा क्षेत्रबाट बाँध हटाउनुपर्ने सांसद साहको भनाइ छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  २ : ४६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन