भारतका पूर्व अर्थमन्त्री जेटलीको निधन « Khabarhub

भारतका पूर्व अर्थमन्त्री जेटलीको निधन


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नरेन्द्र मोदी सरकारको पहिलो कार्यकालमा वित्त(अर्थ) मन्त्री रहेका भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ ।

६७ वर्षीय जेटलिनको शनिवार निधन भएको हो ।

विगत ९ महिनादेखि अरुण जेटली एम्समा उपचार गराइरहेका थिए । एम्सका प्रवक्ता आरती विजले जारी गरिएको प्रेस वक्तव्यमा जेटलीको शनिवार दिउसो १२ बजेर सात मिनेटमा अन्तिम स्वास लिएको उल्लेख गरिएको छ ।

स्वास लिन समस्या भएपछि जेटलीलाई नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स) मा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

यस वर्ष जेटलीले प्रधानमन्त्री मोदीलाई एक पत्र लेखेर स्वास्थ्यका कारण आफूले सरकारमा कुनै जिम्मेवारी नलिने बताएका थिए ।  जेटलिको निधनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले एक असल मित्र गुमाएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  २ : ५८ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा