विदेशबाट फर्किएका किसान भन्छन्- विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ « Khabarhub

विदेशबाट फर्किएका किसान भन्छन्- विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउँदै गएका छन् । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिए  ।

‘पहिले एक सय भेडाबाख्रासँगै आठ/दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेशी गर्दथे । गाईभैँसी बेचेर सकिए । ४०  भेडाबाख्रा छन्,’ उनले भने ‘छोराछोरीले यो पेशा रोजेनन् । विदेश तिर लागे । बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाहे हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।’

ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसीहरू छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गरेका छन् । ‘छोराछोरी विदेश र सरह पसेपछि हामी बुढाबुढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ,’ उनले भने ‘घुम्ति गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो ।’

१५–२० वर्षअघि बर्खामा गाईभैसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरी लगायत ढोरपाटनका बुकीका खर्कहरू अहिले रित्ता हुँदै गएका थापाले बताए । खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरूले धानेको घुम्ती गोठहरू उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र वयस्क उमेरका गोठाला भेटिँदैनन् ।

वैदेशिक रोजगारी प्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आएका धवलागिरी गाउँपालिका–७ ताकमका पुर्व प्रधानपञ्च विष्णुबहादुर थापाले बताए ।

८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन् । गर्मी बढेपछि हिमाली क्षेत्रको जडिवुटीयुक्त चरन क्षेत्रको पोसिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशुहरू निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताए ।

असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगै बेशीतर्फ झार्ने चलन छ । अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्क विहीन भएर पशुहरूसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्जट मानेका छन् ।
पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुख्यौली गोठाला पेशालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गए पनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेश भन्दा गोठ नै राम्रो भएको अनुभव सुनाउँछन्  ।

‘दुःख त यहाँ भन्दा विदेशमा कति हो कति,’ उनले भने ‘मलाई खाडीको तुलनामा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ ।’ २१  भैँसी पालेका शक्तिबहादुरले घ्यु, राँगा भैँसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घर खर्च चलाउने गरेको बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  २ : २० बजे

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै

नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते

स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा– सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

काठमाडौं– रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त