क्रियाशील सदस्यताको काम थाल्न जिल्ला कार्यसमितिलाई कांग्रेसको निर्देशन « Khabarhub

क्रियाशील सदस्यताको काम थाल्न जिल्ला कार्यसमितिलाई कांग्रेसको निर्देशन


७ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जिल्ला कार्यसमितिहरूलाई क्रियाशील सदस्यतासम्बन्धी काम तत्काल सुचारु गर्न निर्देशन दिएको छ । जिल्ला कार्यसमितिहरुले क्रियाशील सदस्यतासम्बन्धी काम नगरेको गुनासो केन्द्रमा आएपछि महामन्त्री गगन थापाले जिल्ला कार्यसमितिहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

‘अधिकांश जिल्लाहरूमा क्रियाशील सदस्यता कार्ड वितरण नभएको, विधानबमोजिम सदस्यता नवीकरण र नयाँ वितरण गर्ने कार्य समेत सुचारु नभएको भन्ने जानकारी प्राप्त भएको छ,’ थापाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘यो पत्र प्राप्त हुनासाथ जिल्ला कार्यसमितिको बैठक राखी क्रियाशील सदस्यता कार्ड वितरण, नवीकरण र नयाँ सदस्यता वितरणको काम तत्काल सुचारु गर्न, गराउन निर्देश गरिन्छ ।’

उनले विधानबमोजिम गर्नुपर्ने क्रियाशील सदस्यतासम्बन्धी काम नगरे विधानबमोजिम वैकल्पिक निर्णय गरी सदस्यतासम्बन्धी काम अगाडि बढाइनेभन्दै जिल्ला सभापतिहरूलाई सचेतसमेत गराएका छन् ।

‘विधानबमोजिम गर्नुपर्ने क्रियाशील सदस्यतासम्बन्धी काम नगरेमा वा गर्न आलटाल गरेमा, कुनै अवरोध गर्ने काम भएका विधानबमोजिम आवश्यक वैकल्पिक निर्णय गरी सदस्यतासम्बन्धी काम अगाडि बढाइने जानकारी समेत गराइन्छ,’ महामन्त्री थापाद्वारा जिल्लाहरूमा पठाइएको पत्रमा भनिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयबाट क्रियाशील सदस्यता कार्ड, क्रियाशील सदस्यता नवीकरण फारम र नयाँ क्रियाशील सदस्यता फारम यसअघि नै पठाइसकिएको थियो । कांग्रेसको विधानले क्रियाशील सदस्यता (नयाँ र नवीकरण) वितरणका सम्बन्धमा निश्चित प्रक्रिया र जिम्मेवारी तोकेको छ ।

‘जिल्लामा प्राप्त कार्डहरू मातहतका कार्यसमितिमार्फत क्रियाशील सदस्यलाई उपलब्ध गराउन तथा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित तहलाई फारम उपलब्ध गराई सो को जानकारी र नयाँ क्रियाशील सदस्यता २५ प्रतिशत पठाएकोमा सो को वितरणको अवस्था र नयाँ क्रियाशील सदस्यता फारम चप आवश्यक भएमा वा अन्य कुनै समस्या भएमा सो समेत खुलाई अविलम्ब केन्द्रीय कार्यालयलाई जानकारी गराउनु होला,’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ३ : १२ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी