रविको पक्षमा एकहुन अपिल गर्दै निखिल उप्रेतिले भने– सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउँछ ! | Khabarhub Khabarhub

रविको पक्षमा एकहुन अपिल गर्दै निखिल उप्रेतिले भने– सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउँछ !


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार निखिल उप्रेतीले नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने गरेको बताएका छन् । पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको उनको भनाइ थियो ।

टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेको रिहाइको माग गर्दैं शनिवार राजधानीमा आयोजना गरिएको कार्यक्रममा कलाकार उप्रेतिले सबै जना रविको पक्षमा एकजुट हुनुपर्ने बताए ।

उप्रेतीले भने,‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने उनको भनाई छ । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए ।

उनले अघि थपे,‘रविजी त पपुलर हुनुहुन्थ्यो । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् ।कानूनको व्याख्या नै गलत छन् भने कानूनले कसरी काम गर्छ ? नेपाली झण्डाको मुनि बसेर काम गरौं । रविजीलाई मात्रै होईन, यहाँ स्वतन्त्र रुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ । क्राईम गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौं । धेरै विश्लेषण नगरौं ।’
उनले नेपालमा सही व्यक्ति र पार्टीको रंग नलागेको व्यक्तिलाई अप्ठ्यारो अवस्था रहेको सुनाए । उनले भने,‘रविजीको हकमा कानूनले सही तरिकाले निर्णय होस् । सत्य, तथ्य कुरा जनताकहाँ पुगोस् । हामीले रविजीलाई साथ दिनुपर्छ । तर, यो केशमा राजनीतिकरण नहोस् ।’

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ३ : १३ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न