विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ललितपुर गोदावरी नगरपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३७ बर्षीय राज कुमार तिमल्सिनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतबाट गत असार ५ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो । तिमल्सिना प्रहरी वृत्त जगाती भक्तपुरमा बैंकिङ कुर मुद्दामा समेत फरार रहेको खुल्न आएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : ०८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना