सत्रौं पुस्तकालय दिवसको अवसरमा रक्तदान  | Khabarhub Khabarhub

सत्रौं पुस्तकालय दिवसको अवसरमा रक्तदान 


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्रौं पुस्तकालय दिवसको अवसरमा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 सत्रौं पुस्तकालय दिवसको अवसरमा शैक्षिक तथा रचनात्मक क्रियाकलाप उपसमितिको आयोजनामा रक्तदान कार्यक्रममा गरिएको प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । १७ जनाले रक्तदान गर्नुभएको उक्त कार्यक्रममा पुस्तकालयकर्मी, सरकारी कर्मचारी, युवा, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

 ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ यस वर्ष सत्रौँ पुस्तकालय दिवस, २०८१ भव्यताका साथ सम्पन्न गर्नका लागि साउन २१ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गर्नुका साथै विभिन्न उपसमिति गठन समेत भएका छन् ।

 सत्रौं पुस्तकालय दिवसको अवसरमा देशभरका पुस्तकालयले भाद्र १ गतेदेखि नै विभिन्न कार्यक्रमको आयोजना गरि पुस्तकालय दिवस मनाइरहेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ५ : ०५ बजे

पुण्य गौतममाथि रड प्रहार गर्ने दुई जना पक्राउ

काठमाडौं – अभियन्ता पुण्य गौतममाथि रड प्रहार गर्ने २ जनालाई

हुथी आक्रमणबाट यमनी तटमा रहेको जहाजमा क्षति

दुबई– यमनको हुथी विद्रोहीले महिनौंदेखि गरेको आक्रमणपछि बिहीबार रेड सीमा

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ (तस्बिरहरु)

काठमाडौ‌– राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज

रूसी आक्रमणबाट सात जनाको मृत्यु, १० घाइते

एजेन्सी– युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा बन्दरगाहको पूर्वाधारमा रूसले गरेको ब्यालेस्टिक

जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो

महेन्द्रनगर – विजया दशमीको सप्तमी तिथिका दिन आज जनकपुरधामका विभिन्न