नेपालको शिक्षा प्रणाली कस्तो बनाउने भनेर बहस जरुरी छ : मन्त्री भट्टराई « Khabarhub

नेपालको शिक्षा प्रणाली कस्तो बनाउने भनेर बहस जरुरी छ : मन्त्री भट्टराई


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले देशको राजनीति कस्तो हुने भन्ने विषय शिक्षा र चेतनामा निर्भर हुने भएकाले अब शिक्षा प्रणालीबारे बहस हुन जरुरी रहेको बताएकी छन् । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी पाठ्यक्रम’ शुभारम्भ कार्यक्रममा आज उनले हालसम्म राजनीति कस्तो हुने भन्ने विषयमै बहसमा केन्द्रित हुने गरेको भन्दै अब शिक्षाका बारेमा पनि गम्भीर बहस चलाउनुपर्ने आवश्यकता औँल्याइन् ।

‘हामीले लामो समयसम्म राजनीति कस्तो हुने भनेर बहस, सङ्घर्ष र आन्दोलन गर्‍यौँ तर शिक्षा कस्तो बनाउने भनेर कमै गर्‍यौ । त्यसैले अब शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ’, मन्त्री भट्टराईले भनिन्। 

उनले समाजको नेतृत्व तथा संस्कृति निर्माणमा शिक्षा र चेतनाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रको विकासका लागि सबै गम्भीर बन्नुपर्नेमा जोड दिए । 

‘राजनीतिले नीतिगत नेतृत्व गरे पनि समाजको नेतृत्व शिक्षा र संस्कृतिले गर्ने हो । त्यो संस्कृति र राजनीति कस्तो हुन्छ भन्ने कुराको व्याख्या पनि शिक्षाले नै गर्छ । त्यसैले हामी शिक्षाका बारेमा अलि बढी गम्भीर बन्न आवश्यक छ’, मन्त्री भट्टराईको भनाइ थियो ।   

उनले मध्यविन्दु नगरपालिकाले यो बहस उठान सुरु गरेकोमा धन्यवाद दिइन् । समाजमा विकसित हुँदै गरेको निराशा, असन्तोष अन्त्य गर्न खुसी दिन सक्नुपर्ने भन्दै मन्त्री भट्टराईले खुसी दिन सकिए मात्र समाजलाई परिवर्तनउन्मुख गर्न सकिने धारणा राखिन् । यसका लागि ‘हाम्रो खुसी पाठ्यक्रम’ सुरु गरी नगरपालिकाले अनुकरणीय काम गरेको उनले बताइन् । 

नगरप्रमुख भीमलाल अधिकारीले बालबालिकाको सिकाइसँग जोडेर असल नागरिक उत्पादन गर्ने हेतुले नगरपालिकामा पाठ्यक्रम सुरु गरेको बताए। 

पाठ्यक्रम पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत गरी ६६ वटा विद्यालयमा कक्षा १ देखि ८ सम्म लागू हुनेछ । बालबालिकाको कल्याण, मानसिक स्वास्थ्य र समाजको दीर्घकालीन विकासलाई ध्यानमा राखेर पाठ्यक्रम लागू गरिएको नगरप्रमुख अधिकारीले बताए।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ६ : ०७ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष