नेपालको शिक्षा प्रणाली कस्तो बनाउने भनेर बहस जरुरी छ : मन्त्री भट्टराई « Khabarhub

नेपालको शिक्षा प्रणाली कस्तो बनाउने भनेर बहस जरुरी छ : मन्त्री भट्टराई


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले देशको राजनीति कस्तो हुने भन्ने विषय शिक्षा र चेतनामा निर्भर हुने भएकाले अब शिक्षा प्रणालीबारे बहस हुन जरुरी रहेको बताएकी छन् । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी पाठ्यक्रम’ शुभारम्भ कार्यक्रममा आज उनले हालसम्म राजनीति कस्तो हुने भन्ने विषयमै बहसमा केन्द्रित हुने गरेको भन्दै अब शिक्षाका बारेमा पनि गम्भीर बहस चलाउनुपर्ने आवश्यकता औँल्याइन् ।

‘हामीले लामो समयसम्म राजनीति कस्तो हुने भनेर बहस, सङ्घर्ष र आन्दोलन गर्‍यौँ तर शिक्षा कस्तो बनाउने भनेर कमै गर्‍यौ । त्यसैले अब शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ’, मन्त्री भट्टराईले भनिन्। 

उनले समाजको नेतृत्व तथा संस्कृति निर्माणमा शिक्षा र चेतनाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रको विकासका लागि सबै गम्भीर बन्नुपर्नेमा जोड दिए । 

‘राजनीतिले नीतिगत नेतृत्व गरे पनि समाजको नेतृत्व शिक्षा र संस्कृतिले गर्ने हो । त्यो संस्कृति र राजनीति कस्तो हुन्छ भन्ने कुराको व्याख्या पनि शिक्षाले नै गर्छ । त्यसैले हामी शिक्षाका बारेमा अलि बढी गम्भीर बन्न आवश्यक छ’, मन्त्री भट्टराईको भनाइ थियो ।   

उनले मध्यविन्दु नगरपालिकाले यो बहस उठान सुरु गरेकोमा धन्यवाद दिइन् । समाजमा विकसित हुँदै गरेको निराशा, असन्तोष अन्त्य गर्न खुसी दिन सक्नुपर्ने भन्दै मन्त्री भट्टराईले खुसी दिन सकिए मात्र समाजलाई परिवर्तनउन्मुख गर्न सकिने धारणा राखिन् । यसका लागि ‘हाम्रो खुसी पाठ्यक्रम’ सुरु गरी नगरपालिकाले अनुकरणीय काम गरेको उनले बताइन् । 

नगरप्रमुख भीमलाल अधिकारीले बालबालिकाको सिकाइसँग जोडेर असल नागरिक उत्पादन गर्ने हेतुले नगरपालिकामा पाठ्यक्रम सुरु गरेको बताए। 

पाठ्यक्रम पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत गरी ६६ वटा विद्यालयमा कक्षा १ देखि ८ सम्म लागू हुनेछ । बालबालिकाको कल्याण, मानसिक स्वास्थ्य र समाजको दीर्घकालीन विकासलाई ध्यानमा राखेर पाठ्यक्रम लागू गरिएको नगरप्रमुख अधिकारीले बताए।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ६ : ०७ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका