बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको धर्म– पूर्वराष्ट्रपति डा यादव « Khabarhub

बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको धर्म– पूर्वराष्ट्रपति डा यादव


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन् ।

समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहको ‘कृति संविधान निर्माण घटना र अनुभूति’ को शनिवार विमोचन गर्दै उनले भने “२०६२/६३ सालको मात्र नभई नेपाली जनताको ७० वर्षको बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म हो ।”

पूर्वराष्ट्रपति यादवले भने“कतिपय शक्तिले संविधानसभा नै भङ्ग गर्न खोजिरहेको निकै अप्ठ्यारो समयमा कतिपय जातजाति र समुदायले उठाएका मुद्दा नसमेटिए पनि सबैको भावनालाई संविधानले आत्मसात गरेको छ, त्यसैले यो उपलब्धिको रक्षा गर्न राजनीतिक दलले निकै सोच विचार पुर्‍याएर काम गर्नुपर्छ ।

संवैधानिक निकाय र न्यायालयमा सही मान्छेको छनौट भएको छ कि भागबण्डामा भनी प्रश्न गर्दै उनले सरकार र राजनीतिक दललाई अविश्वासको वातावरण अन्त्य गरी जनताको कुरा सुनेर काम गर्न आग्रह गरे ।

तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान सबै राजनीतिक दलबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा रहेकाले सबैले उठाएका मुद्दा र विषय समेटिएको बताए ।

उनले भने “संविधानमा परेका सबै विषयवस्तु निकै सोच र विचार गरेर राखिएको हुनाले संविधानमा कुनै त्रुटि र खराबी छैन, कसरी कार्यान्वयन गरेर अघि बढने सन्दर्भमा राजनीतिक दलका पदाधिकारीको क्षमता, वुद्धि र विवेकमा भरपर्दछ ।”

नेपाली काङ्ग्रेसका सांसद राधेश्याम अधिकारीले गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशी सिद्धान्त नचाहने पक्षबाट मात्र संविधानबारे टिक्काटिप्पणी हुने गरेको स्पष्ट पारे ।

सांसद प्रेम आलेले संविधानले नेपालको भौगोलिक र जातीय विविधतालाई समेटेको बताए । ।

नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष शम्भु थापाले लेखिएकै आधारमा मात्र संविधान, मूल कानून र रटान गरेकै आधारमा लोकतन्त्रको सही अभ्यास हुँदो रहने छ भन्ने विषय कतिपय घटनाले पुष्टि गरिरहेको धारणा व्यक्त गरे ।

संविधानविद् डा भिमार्जुन आचार्यले कामभन्दा बोल्न बढी रुचाउने नेपाली राजनीतिक नेताबीचमा कही कतैबाट पनि प्रभावित नभई सरल र स्पष्ट भाषामा संविधानको व्याख्यात्मक टिप्पणीकै झल्को दिने पुस्तक प्रकाशित गरेर नेता सिंहले संविधान निर्माणका बेलाको घटना र अनुभूति पस्कन सफल भएको बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ६ : ३१ बजे

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घरदैलोमा पुर्‍याउन सुरू

काठमाडौं- नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप

सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सय दिनमा के-के गर्‍यो ?

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकार गठनको १०० दिनभित्र

प्रचण्डलगायत माओवादी नेताहरू बुटवलमा 

बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री 

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक