रामेछापको टोकरपुरमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता « Khabarhub

रामेछापको टोकरपुरमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापमा अविरल वर्षापछिको पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । घटनामा ८ जना बेपत्ता भएका छन् ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेखखर्कमा गएराति पहिरोले चारवटा घर बगाएको थियो ।

पहिरोले स्थानीय उर्मिला पहरी, काले पहरी, भीमबहादुर थापा मगर र अर्को एक घर बगाएको बताइएको छ ।

पहिरोमा पुरिएका मध्ये २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।

पहिरोमा ज्यान गुमाउनेमा चण्डिका श्रेष्ठ र करिब एक वर्षको नाबालक छोरा रहेको बताइएको छ । एक बालकले भने भागेर ज्यान जोगाएका छन् ।

दोरम्बा शैलुङकाे वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने अधेरी खोलाको पक्की पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत क्षतिग्रस्त भएकाले उद्धारमा समस्या भएको बताइएको छ ।

 

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ८ : ०२ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी