महाधिवेशनको दुई महिनापछि एकीकृत समाजवादीका केन्द्रीय सदस्यलाई शपथ (तस्बिरहरू) « Khabarhub

महाधिवेशनको दुई महिनापछि एकीकृत समाजवादीका केन्द्रीय सदस्यलाई शपथ (तस्बिरहरू)

आकांक्षी सबैलाई समेट्न बनाइयो ३४४ सदस्यीय समिति


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाधिवेशन सकेको करिब २ महिनापछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

असार १६ देखि २० सम्म काठमाडौंमा भएको महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा घनश्याम भुसाललाई छान्दै केन्द्रीय समिति भने अधुरो छाडेको थियो ।

महाधिवेशनले सम्मानित नेता झलनाथ खनालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको थियो । त्यसयता केन्द्रीय समितिलाई पूर्णता दिन समाजवादीलाई झन्डै २ महिना लाग्यो ।

यस्तोमा समाजवादीले आइतबार मात्रै यसअघि थप गरिएका दुई सय ५१ केन्द्रीय सदस्यलाई शथप गराएको हो । यससँगै समाजवादीको केन्द्रीय समिति ३४४ सदस्यीय भएको छ । समाजवादीको विधानमा २१ जना पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति व्यवस्था गरिएको थियो ।

तर समाजवादीले सबै आकांक्षीलाई सम्बोधन गर्न महाधिवेशन भएको एक महिनापछि साउन १८ मा मात्रै ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी टुंगो गरेको थियो । त्यसबेला थपिएका २५१ जनालाई आइतबार शपथ खुवाइएको हो ।

नेताहरूको योगदान तथा कार्यक्षमताका आधारमा पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान र कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने भएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  २ : २१ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न