पल र मलिका फेरि एकसाथ ! | Khabarhub Khabarhub

पल र मलिका फेरि एकसाथ !


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लक्षरा फिल्म्सले निर्माण गरेको म्युजिक भिडियो ‘राधा पियारी’ सार्वजनिक भएको छ । सो भिडियोमा नायक पल शाह र नायिका मलिका महत फिचर्ड छन् ।

यो गीतको भिडियोमा देशमा विद्यमान सहकारी पीडितहरूको व्यथा जोडिएको छ । भिडियोमा पल र मलिका प्रहरीको भूमिकामा छन् । भिडियोमा यी दुईले सहकारी ठगलाई सस्पेन्स (रहस्यमय) तरिकाले पक्राउ गर्छन् ।

पल र मलिका कुनै समय दर्शकले रुचाएका रिल जोडी हुन्‌ । नायक पल शाह बलात्कार काण्डमा जोडिएपछि उनीहरूबीच सहकार्य भएको थिएन । पल जेलबाट निस्किएपछि दुईले यो गीतमार्फत पहिलो सहकार्य गरेका हुन्‌ ।

गीतमा गायिका शान्ती श्री परियार र गायक कृष्ण बीकेको स्वर दिएका छन् । बीके स्वयम्‌कै शब्द र संगीत छ । भिडियो जीबी अग्रीको निर्देशनमा तयार भएको हो । गीतमा सञ्‍जय विश्वकर्माको कोरियोग्राफी रहेको छ ।

हेर्नुहोस् भिडियो :

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ६ : ४१ बजे

माधव नेपाललाई रामकुमारीले भनिन् : आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने

काठमाडौं- चार वर्ष लामो यात्रापछि नेकपा (एकीकृत समाजवादी) छाडेर नेकपा

चितवन धान उत्पादन बढ्यो

चितवन– जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ ।

चितवनमा रास्वपाको विस्तारित बैठक सुरु

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ ।