आप्रवासीलाई डेरिन जंगल पार गराएको आरोपमा १५ जना पक्राउ « Khabarhub

आप्रवासीलाई डेरिन जंगल पार गराएको आरोपमा १५ जना पक्राउ


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पानामामा चिनियाँ आप्रवासीलाई गैरकानुनी रुपमा तस्करी गरेको आरोपमा १५ जनालाई  पक्राउ गरिएको छ ।

अवैध आप्रवासीले अमेरिका जान तय गर्ने‘डेरियन जंगल’ बाट चिनियाँ आप्रवासीलाई तस्करी गरेकोआरोपमा पानामाको सान्टा फे शहरबाट १५ जनालाई पक्राउगरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पक्राउ परेका सबै जना पानामाका नागरिक रहेको भएपनिउनीहरुले कोलम्बियाको आपराधिक गिरोहका लागि काम गर्दैआएको विश्वास गरिएको छ । उनीहरु दोषी पाइए १५ देखि२० वर्ष जेल सजाय हुन सक्नेछ ।

दक्षिण अमेरिकी महादेशबाट अमेरिका जाने अवैधआप्रवासीले पानामाको खतरनाक डेरियन जंगल पार गर्दैआएका छन् । सन् २०२३ मा मात्रै झण्डै ५ लाख अवैधआप्रवासीले डेरियन जंगल पार गरेको एएफपीले जनाएको छ।

यस वर्ष पनि २ लाख २० हजारभन्दा धेरै अवैध आप्रवासीलेडेरियन जंगल पार गरेका छन् । यस्ता आप्रवासीमा भेनेजुएला, हैटी, कोलम्बिया, इक्वेडोर र चीनका मानिसहरु धेरै रहेकोएएफपीले जनाएको छ ।

पछिल्ला वर्षमा यो बाटो भएर आउने चिनियाँ आप्रवासीकोसङ्ख्या बढ्दै गएको स्थानीय अधिकारीले जनाएका छन् ।सन् २०२४ मा मात्रै १२ हजारभन्दा धेरै चिनियाँ नागरिक उक्तजंगलको बाटो हिडिसकेका छन् ।

यस जंगलमा तीव्र गतिमा बग्ने नदी, हिंस्रक जंगली जनावर रआपराधिक गिरोह समेत सक्रिय छन् । पैसा तिर्नसक्नेआप्रवासीले मानव तस्करलाई ठूलो परिमाणमा पैसा तिरेर यसजंगलको बाटोमा विलासी गाडी र कतिपय अवस्थामा घोडामासमेत यात्रा गर्दै आएको बताइन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १० : ३० बजे

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य