चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति श्रीलंकाका पूर्वसेना प्रमुखबाट चिन्ता व्यक्त « Khabarhub

चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति श्रीलंकाका पूर्वसेना प्रमुखबाट चिन्ता व्यक्त


१० भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाका पूर्वसेना प्रमुख फिल्ड मार्शल सनथफोन्सेकाले हिन्द महासागर क्षेत्रमा चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले हिन्द महासागरक्षेत्र खासगरी श्रीलंकाली जलक्षेत्रमा चिनियाँ जहाजको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले छिमेकी मुलुक भारतको सुरक्षा चासोलाई श्रीलंकाले प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा पूर्वसेना प्रमुख फिल्डमार्शल फोन्सेकाले श्रीलंकाली जलक्षेत्रमा कुनै पनि सैनिक उपस्थिति आफ्ना लागि अस्वीकार्य रहेको समेत बताए ।

केही समयअघि श्रीलंकाको राजधानी कोलम्बोको बन्दरगाहमा चिनियाँ जहाजलाई रोकेर बन्दोबस्तीका सामान लोड गर्न दिइएको थियो ।

उनले श्रीलंकामा आगामी सेप्टेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा पनि गरिसकेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भए भ्रष्टाचार र नातावादलाई निर्मूल पार्ने र विकास निर्माणका कामलाई अघि बढाउने उनको भनाइ छ ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ९ : ३२ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया